
पूर्णपुष्टि, भदौ १
भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमणबाट ७२ वर्षीय चौहानको मृत्यु भएको जनाईएको छ ।
पूर्व भारतीय क्रिकेटसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
चौहानको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो । उनलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी राखिएको थियो ।
उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताएका छन् । उनले चौहानको अन्त्येष्टि मंगलबार हुने जानकारी दिएका छन् ।
