Saturday, June 20News That Matters

उदयपुरमा आज एक महिलामा मात्र कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, १५ 

उदयपुरमा कोरोना संक्रमणदर घट्न थालेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरलेको तथ्याङकले देखाएको छ । आज (मंगलबार) एक जना महिलामा मात्र संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–१० को ४० वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ४२३  जना पुगेको छ ।

स्वास्थ्या कार्यालयका अनुसार जिल्लामा १ हजार ५०२ महिला र १ हजार ७४९ पुरुष गरी ३ हजार २५१ जना कोरोना मुक्त भएका छन् । जिल्लामा  ५७ महिला र ६३ पुरुष गरी १२० जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म जिल्लामा कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।