Sunday, March 16News That Matters

उदयपुरका युवा साहित्यकार आरोही राष्ट्रव्यापी कवितामा प्रथम

उदयपुर, मंसीर १५ गते ।

राष्ट्रब्यापी खुल्ला कविता प्रतियोगिता २०७५ मा उदयपुरका युवा साहित्यकार जीवन आरोहीले प्रथम स्थान हाँसिल गरेका छन् । नुवाकोट साहित्य प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा देशभरबाट प्राप्त २४८ कवितामा उत्कृष्ठ २० मा छनौट हुदै शनिबार भएको अन्तिम छनौट प्रतियोगितामा आरोही प्रथम भएका हुन् ।

वाचनसहितको कविता प्रतियोगितामा प्रथम भएसंगै उनले ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । आरोहीले “चराहरुको यात्रा” शिर्षकको कविता प्रस्तुत गरेका थिए ।

विद्यालयकालदेखि नै साहित्यमा राम्रो दक्खल राख्दै आएका आरोहीले राष्ट्रव्यापी कवितामा उत्कृष्टता देखाउदै आप्mनो मात्र नभई जिल्लाको नाम उचो पारेका छन् ।

नुवाकोटको सदरमुकाम बिदुरस्थित याङ्ग्रा होटलमा भएको प्रतियोगितामा द्वितीय बाग्लुङका बिवस बाबू, तृतीय दोलाखाकी देवकी अभिलाशी र रामेछापका जीवन खत्री भएका छन् । द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० र २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यता आरोहीले प्रथम स्थान हाँसिल गरेर ठामको नाम उच्च पारेकोमा खुसी व्यक्त गर्दै सामाजिक सञ्जालहरुमा बधाईको ओइरो लागिरहेको छ ।