Friday, February 14News That Matters

उदयपुरको आँखा अस्पतालमा हरित अभियान

पूर्णपुष्टि, भदौ १८

उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताल आगामी पुस महिनाबाट सञ्चालनमा आउने भएको छ । आँखा अस्पताल परिषरमा रहेको पितृस्मरण स्थलको बार्षिक उत्सवमा व्यवस्थापन पंक्षले पुस महिनाबाट सञ्चालन गर्ने जानकारी दिएको हो ।

नेपाल नेत्रज्योति संघ उदयपुरको मातहतमा रहेको उक्त अस्पतालको भौतिक पुर्वाधार सम्पन्न भैसकेको र अस्पताललाई चाहिने सबै उपकरण उपलब्ध भैसकेकाले उद्घाटन तयारीमा रहेको संघका सभापति तथा केन्द्रिय सदस्य भागवत राउतले जानकारी दिए ।

अस्पताल परिषरलाई गृनरी बनाने उदेश्यले संघको आह्वानमा आफ्ना पुर्वज पृतिको स्मरणमा त्यस क्षेत्रमा पाँच सय बढि विरुवा रोपिएको उनले बताए । आफ्ना पुर्वजको सम्मान पनि हुने र उहाँहरुको सम्झनामा केही गरे जस्तो देखिने साथै अस्पतालाई हरित बनाउन पनि मद्दत पुग्ने भएकाले अभियान सञ्चालन गरिएको उनले बताए ।

परिषर स्थलमा रोपिएका विरुवाको संरक्षण, सम्र्बद्धनका लागि नियमितरुपमा कर्मचारीले स्यहारसुसार गरेपनि रोप्ने व्यक्ति बेलामौकामा आएर गोडमेल गर्ने पानी लगाउने जस्ता कार्य गर्दै आएको उपसभापति कृष्ण भण्डारीले बताए । विरुवा रोपेको ठाउँमा आउँदा आफ्नो पृतिको पनि सम्झना हुने भएकाले समय मिलाएर अधिकांसहरु आउने गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै नेत्रज्योति संघका केन्द्रिय सभापति प्राध्यापक डाक्टर चेतराज पन्तले मुलुकभरीका अस्पताललाई गृनरी बनाउने अभियानमा उदयपुर पहिलो भएको बताए । उनले अस्पताल मन्दिरको घर भएकाले त्यो मन्दिर वरपरका वातावरणले पनि आँधा विरामीलाई सहज हुने बताए ।

संघका महासचिब भरतबहादुर चन्दले अस्पताल सञ्चालन भन्दा पनि त्ससको सेवासुबिधा प्रभावकारी हुने भएकाले त्यसबिषयलाई प्राथामिकतामा राखेर गतिबिधि अगाडी बढाएको बताए । उनले अस्पताल परिषर हरित बनाउने अभियान मुलुककै नमुना भएकाले यहीँ सिको गरेर अन्य ठाउँमा पनि सुरु गरिएको बताए ।

कार्यक्रम संयोजक शैलेसले अस्पताल संचालनले उदयपुर, खोटाङ्ग, ओखलढुंगा र भोजपुरका जनतालाई सेवा पुग्ने बताए । उनले उदयपुर क्षेत्रमा बढिमात्रामा रतन्धो, अन्धोपन जस्ता समस्याका विरामी रहेकाले अन्धोपन निवारणमा अस्पताले प्रमुख भुमिका निर्वाह गर्ने बताए । कार्यक्रममा अन्य सहभागिहरुले सरकारी लगानीमा लाखौँ रुपैँया खर्च गरेर सुरु गरिएका हरित अभियान सफल नभईरहेको सन्र्दभमा आँखा अस्पतालको अभियानले सफलता प्राप्त गरेको बताएका थिए ।