Friday, June 5News That Matters

उदयपुरको त्रियुगा नदिमा छठको रौनक

पूर्णपुष्टि, कार्तिक १३ गते ।
उदयपुरको त्रियुगा नदीमा छट वर्पको रौनक सुरु भएको छ । आज त्रियुगा नदी किनारामा अस्ताउँदो सुयलाई अर्घ दिई रातभर जाग्राम बसेर पूजाआरधना गरिने छठ पूजाको घाट व्यवस्थापन लगायतका कामहरू पूरा भएको छ ।
नदी किनारामा विभिन्न स्टलहरू निर्माण गरी आकर्षक बनाइएको छ । नदी किनारामा दैनिकजसो सरसफाई, सम्याउने, प्रवेशद्वार निर्माण, छठ पूजामा चाहिने सामग्री किनबेचले छठको रौनकलाई अझै बढाएको छ ।
छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।यश पर्वमा मुस्लिम समुदायका व्यत्तिले पनि सहभागी हुन्छ र यो पर्व बिधिबत मनाउछ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
विशेषगरी केरा, नरिवल, उखु, सुन्तला, निबुवा, बेसार, चामल र गहुँको आँटा तथा गुंडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत परम्परागत परिकारहरू यस पर्वमा प्रसादका रूपमा चढाइन्छ ।
नहाय खायसँगै सुरु हुने छठ पर्वको दोश्रो दिन व्रतालुहरू दिनभर उपवास बसी राति गुलियो पुरी, खीर, नुन नहालेको तरकारी खाने गर्दछन् । जसलाई स्थानीय भाषामा ’षडना’ भनिन्छ।
षडनाको प्रसाद सपरिवार सँगै बसेर खाने चलन छ । षडनापछि निराहार व्रत बस्नेहरूले भोलिपल्ट अस्ताउँदो सूर्य पूजा र पर्सिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गर्ने प्रचलन रहेको छ ।