Friday, February 14News That Matters

उदयपुरको दुर्गममा हेलिबाट चालम ल्याउन माग

उदयपुर, साउन ५ गते । 

सडक तहसनहस भएपछि उदयपुरको दुर्गम पालिकाहरुमा खाद्यान्नको अभाव भएको छ । त्यस भेगका जनप्रतिनिधिहरुले हेलीकप्टरदेखि चालम ढुवानीको माग राखेका छन् ।

जिल्लाको समग्र क्षती र पिडितहरुको अवस्थाको बारेमा बुझन आएको प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको टोली समक्ष जनप्रतिनिधिहरुले गाईघाटमा आईतबार यस्तो माग राखेका हुन् ।

दुर्गम पालिकाका दुई अध्यक्ष : मेजरकुमा राई (लिम्चुङबुङ र उद्धवसिंह थापा (ताप्ली)

उदयपुरको कर्णाली भनेर चिनिने लिम्चुङबुङ, ताप्ली गाउँपालिका पूर्णरुपले सडक विच्छेद भएपछि त्यस भेगमा खाद्यान्नको अभाव बढेको हो । गाउँमा खाद्यान्न तथा उपभोग्य सामग्री ढुवानी नभएकाले दुर्गम गाउँका बासिन्दाहरु भोकै पर्ने अवस्था आएकाले तत्काल हेलिकेप्टरबाट भएपनि ढुवानी गरिदिन लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले माग राखे । आफु पालिकाबाट दुईदिन पैदल हिडेर सदरमुकाम आईपुगेको भन्दै जनताले गाउँमा खाद्यान्न बोकेर लैजाने अवस्था कठिन रहेको भन्दै हेलिबाट ढुवानीको व्यवस्था मिलाईदिन माग गरे । उनले कम्तिमा पालिका केन्द्रसम्म पुग्ने सडक खुलाइदिन पनि माग गरेका छन् । रौतामाई, उदयपुरगढी गाउँपालिकाको माथिल्लो पहाडी भेगमा पनि सोही अवस्था रहेको भन्दै उनीहरुले चामल ढुवानीसंगै कम्तिमा पालिका केन्द्र जोड्ने सडक खुलाईदिन रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले माग गरेका छन् ।

नेपालटारको दनुवारबेसीको क्षती र प्रभावबारे जानकारी लिदै

उद्धार र राहतको काम सुगम क्षेत्रमाग मात्र केन्द्रित भएको भन्दै दुर्गमका जनप्रतिनिहिरुले गुनासो राखेका छन् । सडक अवरुद्ध भन्दै राहतदाताहरु दुर्गममा पुग्न सकेका छैनन् भने पिडितहरु राहत माग्न सदरमुकामसम्म आउन नसक्ने अवस्था छ । दुर्गमका पिडितको पिडा बुझेर सरकारले तत्काल चालम ढुवानीको व्यवस्था मिला गजउन र छिटो मुख्य सडक खोल्नु पर्ने जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले माग गरे ।

पिडितले मागसहित विलौना पोख्दै

टोलीले प्रभावित क्षेत्रहरु उदयपुरगढीको दनुवारवेसी नेपालटार, रौतामाईको मुर्कुचीबजार, त्रियुगा, बेलका नगरपालिकामा स्थगत निरक्षण गरेको थियो । स्थलगत निरीक्षणमा पिडितहरुले समस्याको दिगो समाधानको माग टोली समक्ष गरेका छन् ।

पिडितहरुको कुरा सुन्दै टोली लगायत

सांसदहरु दिलेन्द्र प्रसाद बढु, दिला संग्रौला र यसोदा सुवेदी सम्मिलित निरिक्षण टोलीले उदयपुरमा क्षतीको अवस्था र यसको असर सुनेभन्दा बढि पाइएको भन्दै पिडितलाई सम्बोधन गर्ने र समस्याको दिगो समाधानको निम्ति पहल गर्ने जनाएको छ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समिति सदस्य एबम् निरिक्षण टोली प्रमुख दिलेन्द्रप्रसाद बढुले समस्याको दिगो समाधानमा जोड दिइनेगरी सरकारलाई सिफारिस गर्ने बताए ।

उदयपुरको समस्याबारे राज्यलाई जानकारी दिने प्रतिबद्धता ब्यक्त गर्दै निरक्षण टोली प्रमुख दिलेन्द्रप्रसाद बढु

उदयपुरमा ३ जनाको मृत्य, ३१ घर पूर्ण क्षती, ६८ घर अत्तिजोखिममा र १ हजार ५ सय ७६ घर प्रभावित रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । पिडित र प्रभावितको विवरण थप संकलनका साथै उद्धार र राहतको काम पनि भईरहेको  प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताए ।  उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोग तथा स्थानीयबासीको सहभागितामा विभिन्न प्रभावित क्षेत्रमा बाढी रोकथामका लागि काम भईरहेको र एकिकृतरुपले राहत वितरण र उद्धार कार्य भईरहेको बताए ।