Friday, February 7News That Matters

उदयपुरको मुख्य दुईबजारमा संकास्पद बस्तु

उदयपुर, असार १० गते । 

विप्लप माओवादीको बन्दको दिन आज उदयपुरको मुख्य दुई बजारमा संकास्पद बस्तु फेला परेको छ । बम रहेको आशंका गरिएको संकास्पद बस्तु सदरमुकाम गाईघाट बजारलाई लक्षित गरी त्रियुगा नगरपालिका १२ आदर्शचौक र कटारी नगरपालिकाको कटारी बजारमा फेला परेको हो ।

उदयपुरका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार आदर्शचोकमा हरियो झोलामा पोका पारेर करिब सयमिटर तार विछाएको अवस्थामा फेला परेको हो । उक्त ठाउँको बस्तुलाई नेपाली सेनाको १८ नंं बाहिनीको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । विहानै फेला परेको उक्त बस्तुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा घेरामा राखेको थियो ।

त्यसैगरी कटारी बजारको तिर्थ श्रेष्ठको घरको सटर अगाडी संकास्पद बस्तु फेला परेको हो । सुतली बमको आशंका गरिएको उक्त बस्तु हाल प्रहरीको सुरक्षा घेरामा रहेको छ । रातो टेपले बेरिएको अवस्थाको उक्त बस्तु डिस्पोजका लागि कटारी भन्दा बाहिरबाट सेनाको टोली मगाईएको प्रहरीले जनाएको छ ।

बन्दका कारण उदयपुरको जनजीवन प्रभावित छ । बजार, पसल, शैक्षिक संस्था, उद्योग, कलकारखाना बन्द रहेका छन् । लामो दुरीबाट विहान जिल्ला भित्रने सवारी साधनलाई प्रहरीले स्कटिङ गरेको छ भने बाहिर गएका छैनन् ।

बन्दको प्रभावसंगै जिल्लाभर नै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । बन्दको हल्लासंगै अघिल्लोदिन देखिनै सुरक्षा व्यवस्था कडा पारिएको एसपी मगरले बताए ।