
पूर्णपुष्टि/जेष्ठ, २
आज फेरी थप ९ जना संक्रमण नेपालमा थपिएको छ । जस्मा १ जना उदयपुरको पनि रहेका छन् । राष्ट्रिय जनसंख्या प्रयोगशाला काठमाण्डौँ, विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षण अनुसार नेपालमा संक्रमित ९ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको प्रेस विज्ञाप्तीमा उल्लेख छ । विज्ञाप्तीमा यो सँगै नेपालमा २६७ जना पुगेको समेत उल्लेख गरिएको छ ।
संक्रमितहरु पर्साका विरगन्जनिवासी ९, र १० बर्षिय बालक सहित २३ र ४७ बर्षिया महिला, उदयपुरको त्रियुगा नगरपालिका २५ बर्षिय पुरुष, दाङको गडवा ४, ५ र तुलसीपुर ७ निवासी २३, ३४, ३६ बर्षिया पुरुष र काठमाण्डौँ सतंगल निवासी ७ बर्षिया बालक कोरोना पुष्टि रहेको मन्त्रालयले जनाएका छन् । मन्त्रालयको अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।
