
पूर्णपुष्टि, चैत २२
पछिल्लो समय उदयपुरमा आगलागीको घट्नाले बढ्दो रुप लिएको छ । जिल्लाको बिभिन्न स्थानहरुको जंगलमा आगलागी हुँदा गाउँ जोखिम बन्दै आएको अवस्थामा छ ।
जंगलबाट गाउँबस्ती छिरेको आगोले बिभिन्न स्थानीयहरुको घरमा क्षती पुराएको छ । आज मात्रै उदयपुरगढी ७ मा आग्लागीबाट २२ लाख बराबरको क्षति भएको छ ।
उदयपुरगढी गाउँपालिका७ झाक्रीखोप सिसाघारीमा आग्लागी हुदा २२ लाख बराबरको क्षति भएको हो ।
रघुबहादुर आले, भेषराज राना र वीरबहादुर गुरुङ सहितको तीन घरमा जङ्गल बाट आएको डढेलोले १५ वटा बाख्रा नगद सुन चादी अन्न बाली सहित अन्दाजी २२ लाखको क्षति भएको स्थानीय होम बस्नेतले जानकारी दिए ।
