
पूर्णपुष्टि, ६ कार्तिक
उदयपुरको ऐतिहासिक स्थल उदयपुरगढीमा माहाकाली भगवतीको मुर्ति राखिएको छ । ऐतिहासिक तथा पुरातात्वीक महत्वो बोकेको उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नति कार्य सम्पन्न भए सँगै उक्त मूर्ति स्थापना गरिएको हो । सदरमुकाम गाईघाटबाट ३८ किलोमिटर उत्तर पश्चिमा र समुद्र सतहदेखि ११६० मिटरको उचाईमा रहेको उदयपुरगढी गाउँपालिका वडा नं ५ मा ऐतिहासिक उदयपुरगढीको पुननिर्माण भएसँगै गढीले पुरानो आकार समेत लिएको छ ।
करिव तीनकरोड ५० लाख रुपियाँयो खर्चमा पुननिर्माण गरिएको सो पुरानो गढीको आइतबार नेपाली सेनाका पूर्वि पृतना मुख्यालय ईटहरीका प्रमुख उपरथी आसवहादुर तामाङ् र उदयपुरगढी गाउँपालिकाका प्रमुख मानवहादुर केप्छाकी मगरले संयुक्त रुपमा एक समारोहकाबीच शीलालेख अनावरण गरी उद्घाटन गरेको छ ।
सोक्रममा पृतनापती तामाङले यस किसिमका गढिहरुको संरक्षण गर्नु नेपाली सेनाको संस्थागत दायित्व भएको बताउनुभयो । हिन्दूहरुको राष्ट्रिय चाड बडा दशैंको आठौदिन आज आईतवार आयोजित पुननिर्मित गढी उद्घाटन कार्यक्रकै क्रममा नेपाली सेनाको गाईघाटस्थित पशुपतिप्रसाद गणको सहयोग तथा १८ नं बाहिनी अड्डाका बाहिनीपति मनोज वैदवारको प्रमुख समन्वयमा गढीको मध्यभागमा निर्मित मन्दिरमा महाकाली भगवतीको मुर्ति स्थापनागरी प्राणप्रतिष्ठा गरेर आजैबाट नियमित पूजाआरधना को शुरुवातसमेत गरिएको छ ।
सो अवसरमा प्रमुख अतिथि प्रतिनिधिसभाका साँसद अम्बरवहादुर रायमाझिले झण्डौउत्तलन गरी एतिहासिक गढीमा राष्ट्रिय झण्डा फहराउनुभएको छ । कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले रिवन काटेर गढी प्रवेश गर्ने मुख्यद्वार खुला गराउनुभएकोथियो । सो कार्यक्रममा पञ्चकन्याबाट कलस यात्रा,नेपाली सेनाको ब्याण्डबाजा सहितको उच्च अधिकृतहरुको टोली,जनप्रतिनिधिहरु,राजनैतिक दलका कार्यकताृ तथा महिला दिदिबहिनीहरुको उल्यख्य रुपमा सहभागिता रहेकोथियो ।