Tuesday, June 9News That Matters

उदयपुरबाट अर्को प्रतिस्पर्धी योगेन्द्र राई भ्वाईसको ब्याटल राउण्डमा प्रवेश

पूर्णपुष्टि, चैत्र २९

द भ्वाईस अफ नेपालमा उदयपुरको अर्को प्रतिस्पर्धिले ब्याटल राउण्ड प्रवेश गर्न सफल भएको छ । भ्वाईसको सिजन ३ बाट उदयपुरको योगेन्द्र राईले व्लाईन्ड अडिसन पार गर्दै ब्याटल राउण्ड प्रवेश गरेको हो । नेपालको सबै भन्दा ठुलो र्यालीटी सो भ्वाईसमा उदयपुर कटारीका राईले इपिसोड ८ बाट आफ्नो प्रस्तुति राख्दै भ्वाईसमा आफुलाई प्रवेश गराउन सफल भएको हो ।

उनलाई अन्तिममा तिर्सना गुरुङले बजर गरी भ्वाईसमा स्वागत गरेको छ । योगेन्द्रले भ्वाईसमा पुष्पन प्रधानको  पन्छि फर्केर स्वदेश आउ बोलको गित गाएका थिए ।उनि ओखलढुङगा बाट उदयपुरको कटारी आएर बसोबास गर्दै आएको जनाएको छ । यो भन्दा पहिले उदयपुरको बेलका नगरपालिका निवासी सोभा तामाङ पनि भ्वाईसको ब्याटल अडिसनमा प्रवेश गरिसकेकी छिन् ।

राई र तामाङ सँगै उदयपुर बाट २ जना भ्वाईसमा प्रवेश गरेको हो । हिमालय टेलिभिजनबाट शुक्रबार र शनिवार भ्वाईको प्रत्यक्ष प्रशार भईरहेको छ ।