पूर्णपुष्टि/उदयपुर, मंसीर २२ गते ।
उदयपुरको मतगणना शुक्रबार अबेर सुरु भएको छ । सबै मतपेटिका विहान ४ : ३० बजेभित्रै संकलन भईसकेपनि राजनीतिक दलहरुसंगको बैंठक लम्बिनुका साथै तयारीमा ढिलाई भएपछि अपरान्ह ३ : ४० बजेदेखि सुरु भएको हो । दलका प्रतिनिधिहरुको व्यवस्थापन के कसरी गर्ने भन्ने छलफलले बैंठक लम्ब्याएको थियो ।
एकैसाथ ६ वटा कोठामा निर्बाचन क्षेत्र नं. १ र २ कै मतगणना थालिएको र हरेक दुईवटा मतपेटिकाको मत गणना सकेपछि सोको नतिजा सार्बजनिक गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । गणनामा पनि ढिलाई भएका कारण पहिलो मत गणनाको परिणाम आउन पनि ढिलाई भएको हाम्रा सम्बाददाताले जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले प्रतिनिधि तथा कर्मचारी व्यवस्थापन तथा कार्यतालिका मिलाउने विषयले ढिलाई भएको, कुनै विवादका कारण ढिलाई नभएको बताउनुभयो ।