Tuesday, April 28News That Matters

उदयपुरमा अबैध रुपमा गिटि, बालुवा र ढुङगा निकासी गर्दै गरेका ७ ट्रयाक्टर पक्राउ

 पूणर्पुष्टि, साउन २१

जिल्ला प्रहरी कार्यलय उदयपुरले अनाधिकृत रुपमा प्राकृतिक दोहन गर्दै गरेका ७ ट्याक्टरलाई सोबार राति पक्राउ गरेको छ ।

जिल्ला भित्र रहेको बिभिन्न प्राकृतिक स्रोत साधनहरुको संरक्षण तथा चोरी निकासी नियन्त्रन गरी कार्वाही गर्ने अभियान अन्तर्गत प्रहरीले पक्राउ गरेको हो ।

उदयपुरगढी गाउँपालिका ७ स्थित बलान खोलामा रातिको समयमा गिटि, वालुवा, ढुङगा आदि चोरी गरिरहेको अवस्थामा चोरी निकासीमा संलग्न ७ ओटा ट्याक्टर प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख एसपी भिम बहादुर दाहालले बताउनुभयो ।

लुकिछुपि प्राकृतिक स्रोत साधनको चोरी निकासी तथा दोहनमा संलग्न  स १ त ४९८२, स १ त ४७११, स १ त ६९९४, स १ त ७४००, स १ त ५०२७, स १ त ७००९ र अन टेस्ट गरी ७ ओटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको एसपी दाहालले बताउनुभयो ।

उदयपुरबाट खटिएको प्रहरी निरिक्षकको कमाण्ड टोलीले ट्याक्टर पक्राउ गरेको हो ।