
पूर्णपुष्टि, फागुन २७
उदयपुरमा आगलागी हँदा १८ लाख बराबरको क्षती पुगेको छ । ताप्ली गाउँपालिका ५ स्थित ४० बर्षिय पन्चे सार्कीको घरमा आगलागि हँदा घर सहित ३ ओटा मतान, गोठ, गोठमा रहेको २१ बाख्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घरमा रहेको ५० हजार नगद, लत्ता कपडा, सुन चाँदी र खाद्यन्न समेत पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
फुसको छानो र ढुंगा माटोले बनेको २ तल्ले घरमा सोलार प्यानल सर्ट हुन गई आगलागी भएको प्रहरीको भनाई छ ।
आगलागिमा मानविय क्षेती भने भएको छैन । रुपाटार प्रहरी चौकी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रण गरिएको छ । 
