Tuesday, April 21News That Matters

उदयपुरमा आगलागी हुदा मगरको घर जलेर नष्ट

पूर्णपुष्टि, बैशाख १६

उदयपरको कटारी नगरपालिका १४ लामिडाँडाँमा अम्बर बहादुर खप्तरी मगरको घरमा आगलागी भएको छ । आगलागिमा मगरको घर जल्नुका साथै घरमा भएको लत्ताकपडा, भाँडा बर्तन, जलेर नष्ट भएको छ ।

आगोमा परि १२ भोल्टेजको ब्याट्री र सोलार प्यानल पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आज बिहान करिब ९ बजे अचानक आगलागी हुँदा मगरको टाँटी बेरा र फुसको छानो भएको घर जल्न गई २ लाख बराबरको क्षती भएको पनि प्रहरीले बताएको छ ।