Friday, February 14News That Matters

उदयपुरमा एक दिने गोष्ठी

उदयपुर, पुस १५ गते ।

उदयपुरमा मानव अधिकार प्रवद्र्धन सम्बन्धि एक दिने जिल्ला स्तरिय गोष्टी भएको छ ।

सदरमुकाम गाईघाटमा जिल्ला स्तरिय मानव अधिकार प्रवद्र्धन सम्बन्धि एक दिने गोष्टि आईतबार भएको हो ।

गृह मन्त्रालयको आयोजनामा भएको गोष्टीमा जिल्लाका सरकारी , गैर सरकारी संघ सस्था तथा मानव अधिकारकर्मि, पत्रकारहरुको सहभागिता रहेको थियो ।

राज्यले मानव अधिकार सम्बन्धि विभिन्न नियम कानुन बनाएपनि कार्यन्वयनमा फितलो भएकाले दिनानु दिन जघन्य अपराधका घटनाहरु घटि रहेका छन् । नीति नियम कार्यन्वयन गर्न सम्बन्धित निकायले मात्रै नहुने भएकाले सिंगो राज्यका सवै पक्ष लाग्नु पर्ने गृह मन्त्रालयका उपसचिव मोहन बहादुर जिसीले बताए ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुर र मानव अधिकार एलान्यस उदयपुरले कार्यपत्र प्रस्तुत गरेको थियो । उक्त कार्यपत्रमा त्रिवर्षीय विवरण देखि अहिले सिम्मको अवस्थालाई समेटेर प्रस्तुत गरेका थिए ।

कार्यपत्र माथि छलफल गर्दै सल्लाह सुझावको रुपमा मानव अधिकारकर्मीहरुले आ – आफ्नो भनाईहरु राखेको थिए ।

कतिपय पिडीतहरुले आर्थीक अवस्थाका कारण पिडित नै बन्नु पर्ने बाध्यता, प्रहरी र अदालतमा फरक नतिजा देखिनु, अदालत बाट सफाय पाउनु, बालबालिका र महिलाको मुद्धा पछि पारिनु र राम्रो काम गरेपनि अधिकारकर्मीहरुले जस नपाउनु जस्ता गुनासो मानव अधिकार कर्मिहरुले राखेका थिए ।

सरकारले ल्याएको नयाँ नीतिले प्रेस स्वतन्त्रता माथि लगाउन खोजिएको अङ्कुश लगाउनु नहुने, पत्रकारहरुको स्वतन्त्र अधिकारमा कुण्ठित गर्न यस्ता नीति लाद्न नहुने, प्रेस मैत्री कानुन बनाउनु पर्ने र तेस्रो लिङ्गगीहरुको अधिकार कार्यन्वयन गर्नु पर्ने, आमाबाट पनि नेपाली नगरिकता पाउनु पर्ने व्यावस्था तत्काललै लागु गर्नु पर्ने जस्ता सहल्लाह बरिष्ठ पत्रकार कौशल चेम्जोङले सुझाएका थिए ।

जंगलि जनावरको आतंंकबाट हुने मानव धन जनको क्षती र सरकारले दिने राहतको व्यावस्थामा सहज बनाउनु पर्ने सल्लाह सुझाव सहभागिहरुले कार्यक्रममा राखेका थिए ।

प्रहरीको त्रिवर्षीय अभिलेख अनुसार मानव अधिकार सम्बन्धि घटनाहरुमा अझै केहि अभियुक्तहरु फरार र कार्यन्वयन हुन नसकेको मुद्दाहरु देख्न सकिन्छ । मानव जन्य विभिन्न अपराधीक घटनाको मुद्दा अभिलेख आर्थीक वर्ष २०७३/०७४ मा दर्ता मुद्दा २ सय २१, फच्र्यौट एक सय ८१, बाँकी मुद्दा ४०, पक्राउ २ सय २५ जना र फरार ६० जना रहेको छ । भने आव २०७४/०७५ मा दार्ता भएका मुद्दा ५ सय ३६, फच्र्यौट ४ सय ६३, बाँकी मुद्दा ७९, पक्राउ परेका व्याक्ति ५ सय ८२ र फरार ८२ जना रहेका छन् । चालु आर्थीक वर्षको अहिले सम्म दर्ता मुद्दा एक सय ६९, फच्र्यौट मुद्दा एक सय एक , बाँकी ६८, पक्राउ परेका एक सय ५१ र फरार व्यक्ति १७ रहेको जिल्ला प्रहरी कार्यायल उदयपुरको अभिलेख मा देखिएको छ ।

त्रिवर्षीय प्रहरीको अभिलेख अनुसार घरेलु हिंसामा परेको आर्थिक वर्ष २०७३/०७४ मा जम्मा एक सय ८०, मेलमिलाप भएको ९८ मुद्दा र बाँकी १३ वटा मुद्दा रहेको छ । भने आव २०७४/०७५ मा जम्मा मुद्दा एक सय ५४, मेलमिलाप भएका एक सय ३३ र २१ मुद्दा रहेका छन् । चालु आर्थीक वर्ष २०७५/०७६ मा जम्मा मुद्दा ४७, मेलमिलाप ४२ र बाँकी ७ वटा मुद्दाहरु रहेको प्रहरीले जनाएको छ ।

महिला हिंसामा प्रहरीको त्रिवर्षीय अभिलेख अनुसार आर्थीक वर्ष २०७३/०७४ मा जम्मा मुद्दा १९, मेलमिलाप १६, बाँकी ३ वटा मुद्दा रहेको देखिन्छ । भने आव २०७४/०७५ मा जम्मा १७, मेलमिलाप १३ र बाँकी ४ रहेको देखिन्छ । चालु आर्थीक वर्षको अहिले सम्ममा जम्मा मुद्दा ६ मेलमिलाप ४ र बाँकी रहेको २ वटा मुद्दा देखिएको छ ।

हराएको बालबालिका तथा महिलाहरुको प्रहरी सँग रहेको त्रिवर्षीय अभिलेखमा आर्थीक वर्ष २०७३/०७४ मा हराएको बालबालिका तथा महिला जम्मा एक सय ८५, फेला परेको ३९ र फेला पर्न बाँकी एक सय ७६ रहेको छ । भने आव २०७४/०७५ जम्मा एक सय ५२, फेला परेको ५३ र बाँकी ८९ जना रहेको छ । चालु आर्थीक वर्ष २०७५/०७६ मा अहिले सम्म हराएका बालबालिका तथा महिला जम्मा ७५, फेला परेको ४३ र फेला पर्न बाँकी ३१ ज्ना रहेको प्रहरीको अभिलेखले देखाएको पाईन्छ ।

कतिपय घटनालाई गाउँ घरमै मेलमिलाप गराउने र हराएको निवेदन दिएकाहरुले भेटिएपनि प्रहरी कार्यालयमा जानकारी नगराउने भएकोल फेला पर्नेमा कम संख्या देखिएको हुन सक्ने प्रहरीहरुको भनाई रहेको छ ।