
पूर्णपुष्टि, असार २२
उदयपुरमा गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ३ चौडीका र्हक बहादुर विकलाई २ केजी गाँजासहित पक्राउ परेको हो ।
सोमबार विकको घरमा लागुऔषध बिक्रि वितरण भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटीएको विशेष टोलीले निजलाई २ केजी गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
पक्राउ परेको विकलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
