Tuesday, June 9News That Matters

उदयपुरमा गोली र पेस्तोलसहित चौधरी पक्राउ

पूर्णपुष्टि, असार ३

जिल्ला प्रहरी कार्यालय उदयपुरले माओवादीबाट जनता समाजवादी पार्टी प्रवेश गरेका उदयपुर जिल्ला कमिटि सदस्य प्रशुराम चौधरीलाई पाँच राउन्ड गोली र पेस्तालसहित हिजो राती पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–३ का ५० वर्षीय पर्शुराम चौधरीलाई गोली र पेस्तोलसहित पक्राउ गरेको हो । माओवादी पूर्व लडाकुसमेत रहेका चौधरीले त्रिनपा–३ स्थित कान्छि श्रमितीको घरमा लुकाई राखेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार हतियार लुकाईछिपाई राखेको सुचनाको आधारमा खोजतलास गर्दा चौधरीले राखेको गोली र पेस्तोल फेला परेको हो । पेस्तोलँंगै रहेको पाँच राउन्ड गोली भने सो पेस्तोलमा नमिल्ने किसिमको रहेका छन् ।

चौधरीले पेस्तोलमा प्रयोगका लागि नै गोली ल्याएको भएपनि नमिलेको प्रहरीको भनाइ छ । यदि मिलेको भए चौधरीले घटनासमेत घटाउन सक्ने आशंका प्रहरीको छ ।

अनुसन्धानको क्रममा चौधरीले कान्छि श्रीमतीपछिको झड्केली छोरीलाई मन पराउने केटोलाई फसाउने उद्देश्यले हतियार राखेको भएपनि आफै फसेको खुलेको प्रहरीले जनाएको छ । चौधरीलाई छोरीलाई मन पराउने केटो मन नपरेकाले फसाउने खोजेको आसय देखिएको प्रहरी प्रमुख दाहालले बताउनुभयो ।

पेस्तोल र गोलीका साथै अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओवादी केन्द्र लेखिएको सदस्यता पत्र ३ थान र अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र ८५ थानसमेत बरामद भएको छ ।

अनुसन्धानबाट चौधरीले धम्क्याएर चन्दा संकलन कार्यमा लागेको देखिएको पनि एसपि दाहालले जानकारी दिनुभयो ।