Friday, February 14News That Matters

उदयपुरमा चट्याङबाट ठूलो क्षती

उदयपुर, जेष्ठ ३२ गते । 

शनिबार विहान चट्याङ्बाट उदयपुरमा करिब १६ लाख बढीको क्षती भएकोे छ । चौपाय र घर गोठमा क्षती भई उक्त परिणामको क्षती भएको हो ।

उदयपुरका प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढामगरका अनुसार बेलका नगरपालिका – २ त्रिवेणी टोलका चार घरमा क्षती भएको हो । जोगेन्द्र उराऊको खरको छानो भएको काठेघरमा चट्याङपछि भएको आग्लागीले  अन्नपात, लत्ताकपडा, भाँडाकुडा, कागजपत्र, पाँच वटा हाँस र १५ वटा कुखुरा जलेर नष्ट भएको छ । जसबाट उनको १० लाख बराबरको क्षतीको प्रारम्भिक अनुमान छ ।

मानबहादुर कार्कीको काठको टाढे घरमा आग्लागी भई अन्नपात, लत्ताकपडा, भाडाँवर्तन जलेर नष्ट हुदा पाँच लाख बराबारको क्षती भएको अनुमान छ । त्यसतै सोहि ठाउँका मनकुमार राईको एक भैँसी र एक राँगा चट्याङ् लागेर मरेको छ, जसबाट एक लाख १० हजार बराबरको क्षती भएको बताईएको छ । सोहि ठाउँमा दिपा राईको सय वाटको सोलार जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

एका विहानै हावाहुण्डरी सहित परेको चट्याङबाट भौतिक क्षती भएपनि मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । ठूलो गर्जनसहित परेको चट्याङले सर्वसाधरण त्रसित बनेका थिए । उदयपुरमा हरेक पटक चट्याङ पर्दा कुनै न कुनै भौतिक तथा मानवीय क्षती हुने गरेकाले चट्याङ्मा बढी त्रसित हुने गरेको स्थानीय बताउँछन् ।