Friday, October 4News That Matters

उदयपुरमा छठ पूजाको तयारी पुरा, भब्य सांस्कृतिक तथा प्रवचण कार्यक्रम पनि हुने

पूर्णपुष्टि, कात्तिक ९ गते

गाईघाट-मधेसी समुदायले विशेषरुपले मनाउने छठपर्वलाई उत्कृष्ठ ढंगले सम्पन्न गर्ने उद्देश्यका साथ त्रियुगा छठपूजा समिति, गाईघाटले तयारी पुरा गरेको छ । गाईघाट बजार नजिकैको त्रियुगा पुलको पश्चिमतर्पmको घाटमा समितिले छठपूजाका लागि विशेष व्यवस्थापनको तयारी गरेको छ । उक्त स्थानमा व्यवस्थितरुपले पूजाआजा तथा ब्रत बस्नका लागि पालकटेज निर्माण गरिएका छन् । हरेकबर्ष उक्त स्थानमा नै छठपूजाको लागि व्यवस्था मिलाएको छ ।

त्रियुगा छठपूजा समितिका अध्यक्ष खेमनारायण यादव “राहुल” का अनुसार छठपूजाको अन्तिम रात (९ गतेराती) ब्रतालुहरु रातभर जाग्राम बस्नुपर्ने भएकोले उनीहरुलाई सित र सिरेटोले असर नपुग्ने गरी व्यवस्थित पूजास्थान र बसाई व्यवस्थापन मिलाइएको छ । साथै समितिको अफिसियल कोठा, ब्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम मञ्च, चर्पी आदिको छुट्टाछुट्टै व्यवस्था गर्नुका साथै स्वयमसेवकको व्यवस्था मिलाईएको उनले बताए ।

यसैबीच छठपूजाको पूर्वसन्ध्यामा छठपूजा स्थान र आसपासमा सरसफाई कार्यक्रम गरिएको छ । आयोजकको आव्हानमा त्रियुगा नगरपालिकाका उपमेयर देवी चौधरी, सुरक्षा प्रमुखहरु, नागरिक समाज, पत्रकार, व्यापारी, व्यवसायीहरुको सहभागितामा सरसफाई भएको हो । विशेषरुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सरसफाइमा योगदान गरेका थिए ।

केही वर्षयता यो पर्वलाई पहाडी समुदायका सबै जातजातीले पनि विशेषरुपले मनाउन थालेको यस पर्वले धार्मीक अस्तित्वलाई उजागर गर्नुका साथै जातीय सद्भावलाई बढाएको बुद्धिजिविहरु बताउछन् ।

यसअघि नै उक्त स्थानमा निर्माण गरिएका संरचनाहरु बाढीले बगाईदिएपछि समितिलाई काम दोहोर्याउनु परेको थियो । समय र बजेट दोहोर्याउन परेपनि व्यवस्थापनमा कुनै कमी आउन नदिन समिति लागी परेको संयोजक यादवले बताए । उनले पूर्वाञ्चलमै उत्कृष्ठ छठपूजा हुने गरी व्यवस्थापनमा खटिरहेको बताए । यो पर्व उदयपुरको पूर्वी बेल्टार, बसाहा, पश्चिमी क्षेत्र कटारी, घुर्मी र उत्तरीक्षेत्र मुर्कुचीमा विशेषरुपले मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0