Thursday, May 28News That Matters

उदयपुरमा तयारी गरिएको अबैध काठको फर्निचर बरामद

पूर्णपुष्टि, जेष्ठ ८

बेलकामा तयारीका अबैध फर्निचर सामान प्रहरीले बरामद गरी रामपुर सव डिभिजन कार्यालयमा बुझाएको छ । प्रहरी सहायक निरिक्षकको टोलीमा लालबजार प्रहरीले बेलका नगरपालिका ४ लालबजार चेकपोष्ट अगाडी चेक जाँचको क्रममा साल जातको काठबाट तयार गरिएका लो बेड १ थान, दराज १ थान, कुर्सि ३ ओटा र टेवल १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सामानको कुनै पनि आधिकारीक प्रमाण र कागजात नभएको भन्दै प्रहरीले को १ ज ३१७८ नं को बोलेरो पिकअप सहित बेलका नगरपालिका ४ का ३४ बर्षिय टंक बहादुर बस्नेतलाई पक्राउ गरी आवश्य कार्वाहीका लागि सामान, गाडी र मानिसलाई सव डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।