
उदयपुर, भदौ २७ ।
उदयपुरमा आज जनामा कारोना पुष्टि भएको छ । यो संगै उदयपुरमा कोरोना संक्रमित हुनेको संख्या १ सय १८ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार बेलका नगरपालिकाका ३० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । बाहिरी देशबाट आएर पालिकाको क्वरेन्टाइनमा बस्दै आएको उनको तीनदिनअघि स्वाव संकलन गरी परिक्षण भएको थियो ।
