Saturday, June 27News That Matters

उदयपुरमा थपियो पाँचजना, अव कोरोना संक्रमितको संख्या ५२ पुग्यो

पूर्णपुष्टि, असार ६ ।

उदयपुरमा आज ५ जना कोरोना संक्रमित थपिएको छ । जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीका अनुसार  जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक, ताप्ली गाउँपालिकाका १, कटारी नगरपालिकाका १ र त्रियुगा नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । उदयपुरबाट स्वाव नमुना संकलन गरी विराटनगरस्थित कोशी अस्पतालमा परिक्षण भएकोमा पाँचजनामा पुष्टि भएको हो । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

ताप्लिमा पहिलोपटक कोरोना संक्रमित भेटिएको हो । यो संगै आठ वटा स्थानीय तह रहेको उदयपुरमा ५ वटा पालिकामा कोरोना देखिसकेको छ । अव लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा मात्र हालसम्म देखिएको छैन । उदयपुरगढी र कटारीमा यसअघि नै एक÷एक जना भेटिएका थिए । सबैभन्दा पहिले त्रियुगा नगरपालिकाको भुल्केमा देखिएको थियो बेलका नगरपालिकामा ५ जना देखिसकेका छन् । जसमध्ये १ जना निको भएर फर्किसकेका छन् । चौदण्डीगढीमा एकजनामा देखिएकोमा निको भएर हिजो फर्किसकेका छन् ।

भुल्केमा ३२, गाइघाटमा १ र मोतिगडामा ८ जना गरी त्रियुगा नगरपालिकामा मात्र ४१ ज्नामा कोरोना देखिएको हो । जसमध्ये ३३ जना निको भएर फर्किसकेका छन् ।