
पूर्णपुष्टि, साउन १
उदयपुरमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाको क्वारेन्टाईनमा बसेका एक जनामा संक्रमण पुष्टि भएको हो ।
साउदीबाट करिब ८/१० दिन अगाडी आएर क्वारेन्टाईनमा बसेको बुझिएको छ । उनको नमुना स्वाव २ दिन अगाडी लिईएको थियो । स्वाव परिक्षणको लागी कोशी अस्पतालको प्रयोगशालामा पठाईएकोमा करिब ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
प्रहरीका अनुसार कोरोना संक्रमण पुष्टि भएका पुरुष त्रिनपा–१५ को भएको बुझिएको छ । उनलाई उचारको लागी चौदण्डिगढी नगरपालिका–६ बेल्टारको कोभिड १९ अस्पताल पठाईएको कार्यालयले जनाएको छ ।
