Thursday, April 30News That Matters

उदयपुरमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १७

उदयपुरमा आज (बिहिबार) थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित जसमध्ये १९ महिला र ९ पुरुष रहेका छन् । आज थपिएका २८ जनासँगै जिल्लामा संक्रमितको संख्या २ हजार ३ सय ४५ पुगेको हो ।

आज थपिएका संक्रमितहरु चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका रहेका छन् । चौदण्डीगढीमा १२ महिला र ३ पुरुष गरी १५ जना, त्रियुगामा ४ महिला र ४ पुरुष गरी ८ जना र बेलकामा ३ महिला र २ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लामा कोरोना निको हुनेको संख्या ८ सय २९ महिला र १ हजार ४५ पुरुष गरी १ हजार ८ सय ७४ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङले देखाएको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय २६ महिला र १ सय ९६ पुरुष गरी ४ सय २२ जना हरेको स्वास्थ्य कार्यालयको तथ्याङमा उल्लेख छ । अहिलेसम्म जिल्लामा कोरोनाबाट १५ महिला र ३४ पुरुष गरी ४९ जनाको ज्यान गएको छ ।