Sunday, June 21News That Matters

उदयपुरमा थप ७६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १,१८२ पुग्यो

पूर्णपुष्टि, जेष्ठ १६

उदयपुरमा आज (आईतबार) थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या १ हजार १ सय ८२ पुगेको हो । आज थपिएका संक्रमित मध्ये ४४ पुरुष र ३२ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

आज बेलका, चौदण्डीगढी, कटारी र त्रियुगा नगरपालिकाका साथै रौतामाई गाउँपालिकामा संक्रमित थपिएका छन् । बेलकामा २७, चौदण्डीगढीमा १८, कटारीमा २१, त्रियुगामा ६ र रौतामाईमा ४ गरी ७६ जना संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमण मुक्ता भएको संख्या १ सय ३४ पुरुष र १ सय १ महिला गरी २ सय ३५ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय ६ पुरुष र ४ सय १० महिला गरी ९ सय १६ रहेका छन् । आज कोरोनाबाट कसैको मृत्यु नभएको र अहिलेसम्म जिल्लामा मृतकको संख्या २१ पुरुष र १० महिला गरी ३१ रहेका छन् ।

 

(संक्रिय संक्रमित संख्या–९१६ + निको भएको संख्या–२३५ + मृतक संख्या–३१= १,१८२ जम्मा जिल्लाभरीको संक्रमित संख्या)