
पूणर्पुष्टि, मंसिर १९
शुक्रबार गाईघाटमा ७२ परिवारलाई गाउँब्लक जग्गाको पुर्जा वितरण गरिएको छ । लामो समको संघर्ष पश्चात जग्गाको पुर्जा वितरण गरिएको हो । २८ साल देखि बसोवास गर्दै आएको स्थानीयहरुको पुर्जा विहिन जग्गालाई पुर्जा दिलाएको भुमि अधिकार मञ्च उदयपुरका संयोजक फुर्तिमान राईले बताउनुभयो ।
राईले ६५ साल देखि गाउँब्लक जग्गाको लागि लड्दै आएको बताउनुभयो । पुर्जा पाएपछि स्थानीयहरु खुसि भएका छन् । बेवारीसे बसोबास व्यवस्थित भएको भन्दै उनिहरुले खुसि व्यक्त गरे । त्रियुगा नगरपालिका ५ देउरीका ७२ परिवारलाई पुर्जा वितरण गरिएको संयोजक राईले बताउनुभयो । १ नं नापी टोलीले पुर्जा वितरण कर्यक्रम गरिरहेको छ ।
हाल अहिले त्रियुगा नगरपालिका चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकामा पुर्जा वितरण हुने भएको छ । पुरोनो बसोवासको रुपमा रहेको गाउँब्लक जग्गाको पुर्जा दिलाउन धेरै संघर्षहरु भएका छन् । बिभिन्न समस्याको बाबजुद बल्ल पुर्जा दिलाउन सफल भएको आयोजकले बताएको छ । गाउँको जग्गाको रुपमा स्थानीयहरु २८ साल देखि बसोबास गर्दै आएका थिए ।
जग्गाको पुर्जा प्रप्त भएपछि हरेक कुरामा सहज हुने स्थानीयहरुले जनाए । पुर्जा नहुदा समस्यै समस्यामा र बिवादमा रहेर बसोवास गर्दै आएको स्थानीयहरुको भनाई थियो ।
लालपुर्जा नहुदा आर्थिकमा समेत समस्या परेको स्थानीयहरुले बताए । लालपुर्जा भएपछि अव ऋण समेत लिन पाउनेमा आफुहरु ढुक्क रहेको स्थानीयहरुको भनाई छ ।
