
पूर्णपुष्टि, चैत्र ४
उदयपुरमा आफ्नै नातिनि करणीको आरोपमा ५६ बर्षिय बाजेलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसाला सुनाएको छ । नातिनि करणीको आरोपमा पुरपक्षको लागि कारागार चलान भएको त्रियुगा नगरपालिकाका ति बृद्धले आफ्नै ८ बर्षिय नातिनिलाई बलत्कार गरेको थियो । बृद्धले २०७७ साउन १२ गते पीडितलाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोप छ । बालीकाको परिवारबाट भदौ ९ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दर्ता भएको थियो । पीडितको उजुरीपछि नियन्त्रणमा लिइएका बृद्धलाई जिल्ला अदालतले असोज २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
मंगलबार अन्तिम फैसला गर्दै जिल्ला न्यायाधिश माधवप्रसाद सिलुवालको एकल इजलासले कसुर ठहरसहित आजिवन कारावास र थप चार बर्ष कैद सजाय सुनाएको श्रेष्तेदार धनबहादुर कार्कीले जानकारी दिए । योसँगै जरिवानावापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउनसमेत अदालतले आदेश दिएको छ ।
