Friday, February 7News That Matters

उदयपुरमा निःशुल्क प्राथमिक उपचार तालिम

उदयपुर, फागुन १० गते ।

उदयपुरमा एक दिने निःशुल्क प्राथमिक उपचार सम्बन्धि तालिम सुरुभएको छ ।

आपत विपद र दुर्घटना तथा भैपरि आउदा हुने स्वास्थ्य समस्यालाई नियन्त्रण गर्नका लागि  प्राथमिक उपचार तालिम सुरु गरिएको हो ।

डिस्कोभरी रोयल स्पोर्टको आयोजनामा राष्ट्र समाजको लागि योजनाको कार्य (पानस) उदयपुर स्थानिय आयोजक र उदयपुर आप्रवासी संघ समाज (यूएई)को समन्वयनमा निःशुल्क एक दिने प्रथमिक उपचार सम्बन्धि तालिम सुरु भएको छ ।

प्रकृतिक वा अप्राकृति भैपरी आउदा मानव धन जनको ठुलो क्षती हुने भएकाले मानव स्वास्थ्यमा सुधार ल्याउनका लागि तालिमको आयोजयना गरिएको आयोजकले जनाएको छ ।

सरकारले ल्याएको सुखि नेपाली र समृद्ध नेपालको लक्ष्यालाई टेवा पु¥उन र उदयपुरबासीहरुलाई कुनै पनि भैपरि आउदा प्राथमिक उपचारबाट बन्चित नहोस् भन्ने हेतुले तालिमको सुरुवात गरिएको आयोजकले जनाएको छ ।