
पूर्णपुष्टि, बैशाख २५
उदयपुमा आज बाट पूर्ण निषेधाज्ञा गरिएको छ । २४ गने मध्यान्न १२ बजे बाट लागु हुनेगरी गरिएको निषेधाज्ञामा गाईघाट बजार लगायत जिल्लाको बिभिन्न शहरहरु कटारी, बेल्टार र बेलकामा पनि लागु भएको छ ।
बिहान १० बजे सम्म खाद्यन्न खुल्ला गरिएको छ । बिहान भने खाद्यन्न तथा अत्यावश्यक सामाग्री किन्नकै लागि भने बजारमा अलिअलि भिँडभाँड देखियो । तर यो १० यता बाट भने सुन्य भिँडभाँड रहने जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
प्रशासनले जिल्लामा पनि कोरोना संक्रमणको संख्या थप हुँदै गएको र यसको नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा गर्न निषेधाज्ञा गरेको हो । यस भन्दा पहिले बजार तथा सवारी व्यवस्थापन गर्ने गरी जिल्ला लाई सहज पारिएको भएपनि थप जटिल बन्ने कुरालाई मध्यनजर गर्दै निषेधाज्ञाको जारी गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईले बताउनुभयो ।
अत्यावश्यक एम्वुलेन्स, खानेपानी, इन्धन, औषधी तथा स्वास्थ्य, लुव्रिकेन्ट, खाद्यन्न, तरकारी फलफु, दुग्ध जन्य पदार्थ, मासुजन्य, बस्तु बोकेको सवारी, बैँक बित्तिय, इन्टरनेट दुरसञ्चार, क्वारेन्टीन, विद्युत, रेडक्रस, आईसोलेसन, फोहर महिला डाक सेवा लगायत खुल्ला गरिएको छ ।
बजार तथा सवारी सर्वसाधरणहरुको हकमा बिहान ६ देखि १० बजे सम्म मात्र बजार खुल्ला गर्नु पाउने, अत्यावश्यक तथा सेवाका लागि मात्र निस्कनु पर्ने जस्तै औषधी, खाद्यवस्तु सेवा खरिद बाहेक अन्य मानिस निस्कनु नपाउने , यसैगरी नेपाल सरकारले तोकिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना अन्तर्गत सामाजिक दुरी, मास्क, सावुन पानी, सेनिटाईजर प्रयोग गर्नुपर्ने, हाटबजार, मेला जात्रा, महोत्सव, पार्टी भोज लगायत भिँडभाँड गर्न नपाउने निर्णय सहित निषेधाज्ञा जारी गरिएको छ ।

