
पूर्णपुष्टि, जेष्ठ १३
उदयपुरमा पछिल्लो २४ घण्टा बिहिबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयको नियमित परिक्षणमा आज ६१ जनामा संक्रमण पुष्टि देखाएको हो ।
कार्यालयका अनुसार आज संक्रमितहरु मध्ये पुरुष ३२ र महिला २९ जना रहेको छ । उनिहरु त्रियुगा, चौदण्डी, बेलका र रौतामाईको रहेको छ ।
आज थपिएकाहरु मध्ये त्रियुगाको २६, चौदण्डीको २०, रौतामाईको ९ र बेलकाको ६ जना रहेको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०२३ पुगेको छ ।
यता आज एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका २ का ४० बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यो सँगै मृत्यु हुनेको संख्या पनि ३० पुगेको छ । जिल्लामा आज सम्म निको हुनेको संख्या १७७ पुगेको छ ।
