Saturday, April 26News That Matters

उदयपुरमा पनि कांग्रेसको विरोध कार्यक्रम

उदयपुर, माघ २१ गते ।

उदयपुरमा पनि नेपाली कांग्रेसले विरोध कार्यक्रम गरेको छ । सदरमुकाम गाईघाटमा कांग्रेसले बृहद र्याली गर्दै विरोध प्रदर्शन गरेको हो ।

सरकार विरोधी कडा नाराजुलुसका साथ र्याली प्रदर्शन भएको थियो । उनीहरुले चिकित्सा शिक्षा विद्येयक सम्झौता अनुसार लागू गर, निर्मलाको हत्यारा सार्बजनिक गर, महंगी र भ्रष्टाचार अन्त्य गर, संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी भएको थियो ।

कांग्रेस पार्टी कार्यालयबाट निस्केको र्यालीले पिपलचौक हुदै विपीचौक–पिजीचौक–फुलचौक–प्रतिभाचौक–डिएमगेट–टेम्पोचौक–मेनचौक परिक्रमा गरेको थियो । र्याली परिक्रमापछि पिपलचौकमै पुगेर कोणसभा भएको थियो ।

कोणसभालाई विभिन्न कांग्रेस नेताहरुले सम्बोधन गर्दै सरकारको चर्को आलोचना गरेको थियो । सरकारले जनताको आवश्यकता र भावना अनुरुप काम गर्न नसकेको भन्दै उनीहरुले आलोचना गरेका थिए ।
स्थानीय प्रशासनले उच्च सुरक्षा व्यवस्था गरेको थियो ।