
पूर्णपुष्टि, बैशाख २३
जिल्ला प्रशासन कार्यालय उदयपुरले भोली बाट उदयपुरमा पनि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाईरसको माहामारी तिव्र गतिमा बढी रहेको भन्दै निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञामा अत्यावश्यक भन्दा बाहेक हिड्डुलमा रोक लगाईने छ ।
बढ्दो संक्रमणलाई रोकथाम नियन्त्रणका लागि नेपाल सरकार मन्त्रीपरिषद प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग एने २०२० दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले प्रमुख जिल्ला अधिकारीलाई दिईएको अधिकारलाई प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले निषेधाज्ञा जारी आदेश गर्नुभएको हो ।
निषेधज्ञा जारी गरे सँगै २४ गते राति १२ बजे देखि ३१ गते सम्म सबै खाले सवारीहरुमा रोक लगाउनुका साथै बजार पसलहरुको समयलाई पनि छोटाएर ६ देखि १० बजे सम्म सारिएको छ ।
१८ गते बसेको समितिको बैठकले २५ गते सम्मको लागि तिनपाँग्रे माथिको सवारीमा रोक लागइएको भएपनि मोटरसाईकल भने खुल्ला गरेको थियो । अब मोटर साईकल समेत चल्न नपाउने समितिको निर्णयमा उल्ल्लख गरिएको छ । पसल बजारहरुलाई पनि कम समय छुट्याइएको छ । बिहान ६ बजे देखि १० बजे सम्म मात्र बजार पसल खोल्न पाईने निषेधाज्ञा जारी आदेशमा उल्लेख गरिएको छ । निषेधाज्ञामा सवारी साधन र सर्वसाधरणहरुलाई व्यवस्थीत गर्ने गरी निर्णय गरिएको छ । सवारी साधनहरुको हक अत्यावश्यक एम्वुलेन्स, खानेपानी, इन्धन, औषधी तथा स्वास्थ्य, लुव्रिकेन्ट, खाद्यन्न, तरकारी फलफु, दुग्ध जन्य पदार्थ, मासुजन्य, बस्तु बोकेको सवारी, बैँक बित्तिय, इन्टरनेट दुरसञ्चार, क्वारेन्टीन, विद्युत, रेडक्रस, आईसोलेसन, फोहर महिला डाक सेवा लगायत खुल्ला गरिएको छ ।
बजार तथा सवारी सर्वसाधरणहरुको हकमा बिहान ६ देखि १० बजे सम्म मात्र बजार खुल्ला गर्नु पाउने, अत्यावश्यक तथा सेवाका लागि मात्र निस्कनु पर्ने जस्तै औषधी, खाद्यवस्तु सेवा खरिद बाहेक अन्य मानिस निस्कनु नपाउने , यसैगरी नेपाल सरकारले तोकिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना अन्तर्गत सामाजिक दुरी, मास्क, सावुन पानी, सेनिटाईजर प्रयोग गर्नुपर्ने, हाटबजार, मेला जात्रा, महोत्सव, पार्टी भोज लगायत भिँडभाँड गर्न नपाउने निर्णय सहित निषेधाज्ञा जारी गरिएको छ ।
