पूर्णपुष्टि, असोज ३१
सोमवार पर्न गएको ६७ औँ प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय उदयपुरले पनि भव्य सम्पन्न गरेको छ । देशैभर एकै साथ बिभिन्न कार्यक्रमगरी मनाईएको दिवस उदयपुरमा पनि मनाईएको हो । उदयपुरका प्रमुख अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्यतामा दिवस मनाईएको हो । गौतम सहित नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखहरुको उपस्थिति तियो भने राजनितिक दल, पूर्व प्रहरी, अमर प्रहरी परिवार, संघ संस्था र संञ्चारकर्मीहरु सहितको महत्पूर्ण उपस्थिति रह्यो । दिवसको अवसरमा सलामी कार्यक्रम, अमर पहरीलाई श्रदान्जली र संगठनका प्रहरीहरुलाई सम्मानको कार्यक्रम राखिएको थियो । जिल्लामा रहेको बिभिन्न स्थान कटारी, रामपुर, बेल्टार लगायतबाट प्रहरी प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा गाईघाट स्थित दिवस भव्य सम्पन्न गरिएको थियो ।
