Tuesday, March 18News That Matters

उदयपुरमा प्रथम महिला भेला हुदै

उदयपुर, जेठ १० गते ।

“श्रम पहिचानमा महिलाको अधिकार, गणतान्त्रिक नेपालको मूल आधार” भन्ने मूल नाराका साथ प्रथम उदयपुर महिला जिल्ला भेला आईतबारदेखि सुरु हुने भएको छ ।

मूल आयोजक समितिले शुक्रबार जिल्ला समन्वय समिति उदयपुको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी पहिलो पटक महिला जनप्रतिनिधिहरुको विशेष उपस्थितिमा महिला भेलाको जानकारी दिएको हो ।

जिल्लाका आठै स्थानीय तहका महिला जनप्रतिनिधी, अभियानकर्मी महिलाहरुको भेला हुने र महिलाहरुको संवैधानिक हक अधिकारको सुनिश्चितत, आर्थिक, सामाजिक र राजनैतिक अधिका स्थापित गर्नुपर्ने सवालको विषयमा विशेष छलफल हुने जनाइएको छ । महिलामैत्री योजना तथा रणनीति निर्माण र लैंगिक समानताको सुनिश्चिता गर्नु पर्ने, पहिचानको अधिकार, न्याय सम्पादन प्रकृयामा न्यायिक समितिको भुमिका लगायतका विषयलाई भेलाले बृहत छलफल गरि साझा धारण तथा योजना निर्माण गर्ने र घोषणा पत्रसमेत जारी गर्ने जिल्ला समन्वयन समितिका उपप्रमुख तथा मुल आयोजक समितिका संयोजक गंगा राईले बताइन् ।

महिला जनप्रतिनिधिहरु तथा सामाजिक अभियनता र मानव अधिकार रक्षकहरु विचको लैंगिक समानता सुनिश्चिततामा देखिएका चुनौति र समस्या समाधानका उपाय खोजिने संयोजक राईले बताइन् ।

कार्यक्रम महिला तथा वालवालिका, जेष्ठ नागरिक मन्त्री थाममाया थापाको प्रमुख आतिथ्यमा हुने जनाइएको छ ।