उदयपुरमा प्रदेशस्तरको ब्याड्मिन्टन प्रतियोगिता भोलीदेखि

पूर्णपुष्टि, मंसिर १२ ।

त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला ब्याड्मिन्टन संघ उदयपुरकोल आयोजनामा उदयपुरमा १ नं. प्रदेश स्तरीय खुल्ला ब्याड्मिन्टन प्रतियोगिता शुक्रबार (भोली) देखि हुने भएको छ ।

दुईदिनसम्म सञ्चालन हुने खुल्ला प्रतियोगिता मेन्स डबल्सको हुने र ४५ वर्ष माथि उमेर समुहका लागि भेट्रान्स ब्याड्मिन्टन प्रतियोगिता पनि रहेको छ । प्रतियोगितामा १ नं. प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा २ नं. प्रदेशको सिरहा र सप्तरीका खेलाडीसमेतको सहभागिता रहने जनाइएको छ ।

हरेकवर्ष नगरपाकिलाको आर्थिक सहयोगबाट आयोजना हुदै आएको प्रतियोगिता यसवर्ष अझ विशेष हुने आयोजकको दावी छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको संघका कोषाध्यक्ष सुबास भट्टराईले बताउनुभयो । प्रतियोगिताका लागि व्याड्मिन्टन कवर्डहल सजिसजाउ पारिएको छ । बोक्सेस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयसंगै रहेको कवर्डहल र परिषरको सरसफाई, कोर्ट पेन्टिङ र अन्य व्यवस्थापनको काम पुरा भईसकेको छ ।

प्रतियोतिगालाई भब्य र सभ्य बनाउन व्यवस्थापन तथा प्रचारप्रसारमा ध्यान दिइएको संघका महासचिव रुवेन राईले बताउनुभयो । सहभागि खेलाडीहरुलाई खाने, बस्ने सुविधासहितको प्रतियोगिता विशेष र भब्य हुने महासचिव राईले बताउनुभयो । खेलाडी नाम दर्ता धमाधम गरिरहेको आयोजकले बेलुका खेल तालिका तयार गर्ने जनाएको छ ।

मेन्स डबल्सतर्फ प्रथम हुनेका लागि प्रथम पुरस्कार ३० हजार, भेट्रान्सतर्फ प्रथम हुनेलाई २५ हजार रुपैया नगद पुरस्कार रहेको छ । दोस्रो र तेस्रो स्थान ल्याउने खेलाडीका लागि पनि पुरस्कारको ब्यवस्था रहेको छ ।

विगतमा पूर्वाञ्चलस्तरको प्रतियोगिता गर्दै आएको उदयपुरले हाल प्रदेशस्तरको प्रतियोगिता सञ्चालन गर्दै आएको छ । भब्य र विशेषरुपले सञ्चालन हुने यस्ता प्रतियोगिताले व्याड्मिन्टन खेलको विकास र प्रवद्र्धनमा मात्र नभई सिंगो खेल क्षेत्रमा टेवा पर्याईरहेको संघका सचिव किसन राईले बताउनुभयो । प्रतियोगिताको उद्घाटन शुक्रबार विहान मेयर बलदेव चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

भिडियो – उदयपुरमा २०७६ मंसिर १३ र १४ मा हुने प्रदेशस्तरकाे ब्याड्मिन्टन प्रतियाेगिताकाे लागि यसरी सजियाे कबर्डहल (गाईघाट बाेक्से) 
https://www.facebook.com/Purnapusti420730/videos/2833135336704745/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: