Tuesday, June 30News That Matters

उदयपुरमा बाख्रा चोर पक्राउ

पूर्णपुष्टि, फागुन २०

उदयपुरमा बाख्रा चोर पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१० बोक्सेको खसिबजारबाट बेच्न राखेको अवस्थामा रौतामाई गाउँपालिका–३ लाफागाउँ निबासी ३३ वर्षीय निरबहादुर कार्की पक्राउ परेको हो ।

त्रिनपा–१५ निबासी विष्णुकुमार के.शी.को बाख्रा चले त्रिनपा–१४ को ईन्द्रकमल सामुदायिक वनमा खसि बाख्रा चराउन लगेको बेला ४ वटा बाख्रा चोरी भएपछि तत्काल के.शी.ले जिल्ला प्रहरी कार्यालय उयदपुरमा खबर गरेको थियो ।खबर पाए लगतै जिप्रका उदयपुरबाट विशेष प्रहरी टोली खटी खोजतलास गर्ने क्रममा त्रिनपा–४ फर्सेट स्थित सरगरमाथा ड्राई फुड एण्ड मिट हाउसमा काम गर्ने कार्कीलाई चोरी गरी खसिबजारमा बेच्न राखेको अवस्थामा फेला पारी बाख्रासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चोरेको बाख्रासहित पक्राउ परेको कार्कीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।