Thursday, July 2News That Matters

उदयपुरमा बालिका करणीको आरोपमा एक जनालाई १२ बर्ष ६ महिना कैद

पूर्णपुष्टि, फगुन २७

१० बर्षिया बालिका करणी गरेको आरोपमा १५ बर्षिय बालकलाई १२ बर्ष ६ महिना कैैदको फैसाला जिल्ला अदाल कार्यालय उदयपुरले सुनाएको छ ।

त्रियुगा नगरपालिका ११ का उनिलाई गत असोज १ गते दश बर्षिया बालिका करणीको आरोपमा प्रहरीले पक्राउ गरेका थिए । जन्मकैदको अवधि नयाँ संविधानमा २५ वर्ष तोकिएपनि पीडक किशोर १५ वर्षको मात्रै भएकाले उमेरहदका कारण उनी बालक ठहरिएकाले आधा सजाय भुक्तान गर्नेपर्ने अदालतका सूचना अधिकारी राजकुमार आचार्यले बताउनुभयो ।

जेल सजाय सँगै २५ हजार क्षतीपुर्ति पनि पिडकलाई बुझाउन अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधिश दीपक खनालको एकल इजालसले कसुर ठहरसहित कैद र क्षतिपूर्ति भराउने फैसला सुनाएपछि कसुरदारलाई सरकारले व्यवस्था गरेको पीडित राहत कोषमा दुई हजार दुई सय रुपैँया जम्मा गर्नसमेत आदेश दिईएको छ ।

अदालतका सूचना अधिकारी आचार्यका अनुसार फैसला सुनाइएका पीडक किशोरलाई नावालक उमेर रहेसम्म बालसुधारगृहमा राखिनेछ ।