
पूर्णपुष्टि, बैशाख १३
उदयपुर लागुऔषाध ब्राउन सुगर ओसार पसारमा निकै अघि बढिरहेको छ । दैनिकी जसो ब्राउन सुगर कारोबारीहरु पक्राउ परिरहेको छ । उदयपुर लागुऔषाधको क्षेत्रमा हस्पोटकै रुपमा चिनिन रहेको बेला पछिल्लो समय ब्राउन सुगर कारोवारीहरुको बिगबिग देखिन्छ ।
बिगतमा ब्राउन सुगरको उत्ति प्रयोग र कारोबारी नदेखिएको उदयपुर अहिले अन्य प्रकारको लागुऔषाध भन्दा बढी ब्राउन सुगर प्रयोगकर्ता र कारोबारीहरु बढेको पाइएको छ । लागुऔषध नियन्त्रणको लागि थुप्रै गतिविधिहरु भएपनि उदयपुर कहिले लागुऔषाध कारोबारमा कम हुन सकेन । सोमवार पनि लागुऔषध ब्राउन सुगर सहित २ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका ३ मिलन चोकका करिव ३४ बर्षिय मशिलाल भनिने श्याम कुमार चौधरी र सोहि ठाउँकै करिब ३८ बर्षिय रेवत खातिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरु बाट २ ग्राम ब्राउन सुगर सँगै प्रयोगका लागि चाहिने पैशा रु १० को नोट १ थान ५ को नोट १ थान सिक्का पनि प्रहरीले बरामद गरेको छ । उनिहरुलाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
