Monday, November 11News That Matters
२६ कार्तिक २०८१, सोमबार

उदयपुरमा भब्य गाउँ/नगर भलिवल प्रतियोगिता हुने

पूर्णपुष्टि/गाईघाट, माघ ९ गते –

उदयपुरमा पहिलोपटक ‘प्रथम स्पोर्टस कप गाउँ र नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता’ हुने भएको छ । उदयपुर स्पोर्टस क्लवको आयोजना तथा त्रियुगा नगरपालिका, जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिवल संघको संयोजनमा प्रतियोगिता हुन लागेको हो ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ देखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको छ । जिल्लाका आठ स्थानीय तहहरु सुनकोसी, रौतामाई, ताप्लि र उदयपुरगढी गाउँपालिका र त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका अन्तर्गतका भलिबल समुहहरुले प्रतियोगितामा भाग लिने जनाइएको छ ।

स्थानीय थरुहट रंगशालामा हुने प्रतियोगितामा पहिलो हुनेले नगद ६५ हजार, दोश्रोले ३५, तेश्रोले २० र सर्वर, डिफेन्स, लिफ्टर, व्लकर, स्पाइकर, सर्वोत्कृष्ट विद्यामा २÷२ हजारका दरले नगद, मेडल, ट्रफी, शिल्ड पाउने मुल समारोह समितिका संयोजक तथा जिल्ला भलिवल संघका अध्यक्ष प्रथमलाल चौधरीले जानकारी दिए ।

उदयपुर सिमेण्ट उद्योग मुल प्रायोजक रहेको प्रतियोगितामा विभिन्न निकायबाट प्राप्त हुने ८ लाख ८९ हजार रुपिँया खर्च हुने जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष तथा आयोजक समितिका सदस्य प्रदिप श्रेष्ठले जानकारी दिए । प्रतियोगिता नकाउटका आधारमा वेष्टअफ फाइभ हुने छ ।

प्रतियोगिताको उद्घाटन खेल ११ गते विहान आयोजक र दोस्रो उदयपुरगढी गाउँपालिका, दिउँसो बेलका नगरपालिका र सुनकोसी गाउँपालिकाले खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0