Sunday, February 16News That Matters

उदयपुरमा भागी बाल विवाह बढ्दो

उदयपुर, माघ ९ गते ।

उदयपुरमा भागि बाल विवाह गर्ने बालबालिकाको संख्या वर्षेनी वढ्दो एक तथ्याङ्कले देखाएको छ ।

सानै उमेरमा भागेर विवाह गर्ने बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको हो ।

बाल विवाह न्युनिकरण गर्न सरकारी निकाय तथा गैरसरकारी संघ सस्थाहरुले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएपनि बाल विवाहमा भने केहि सुधार मात्र भएको यस तथ्याङ्कले देखाएको छ । नेपाल सरकारको नीति अनुसार बाल बालिकाहरुलाई अनिवार्य शिक्षा गरेकाले शिक्षीत बालबालिका नै एक आपसमा मिलेमतो भई उमेरै नपुगी भागेर विवाह गर्नेको संख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको हो ।

मिलेमतोमा विवाह गरि घरबाट भागेपछि बुवाआमाले प्रहरीमा मेरो छोरी हरायो भनि हुलिया सहितको निवेदन दिने गरेको छ । यस निवेदनको आधारमा खोजतलास गरि फेला पार्दा विवाह गरी भागेको खुल्न आउने भएकाले बाल विवाहको संख्य बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

हराएको भनि परेको निवेदनको आधारमा खोजतलास गरि फेला पार्दा बाल विवाह गरेको खुलेकालाई बदर गरि बालबालिका अभिभावको जिम्मा लगाई पठाईएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७२/०७३ मा ९ बाल विवाहमा ९ बदर र १ बाल विवाहको मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । भने २०७३/०७४ मा ११ बाल विवाहमा ११ वटै बदर गरिएको प्रहरीको तथ्याङ्कले देखाएकोछ ।

आर्थीक वर्ष २०७४/०७५ मा १७ वटा बाल विवाह मध्ये १७ वटै बदर गरेको तथ्याङ्कले देखाएको छ । भने ९ बालिकाले बयस्क सँग र ८ बालिकाले बालक सँगै मिलेमतोमा भागेको तथ्याङ्कले देखाएको हो । आर्थीक वर्षको पुस मसान्त सम्मको तथ्याङ्कमा ८ बाल विवाह मध्ये ७ बदर र १ मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । यसमा २ वटा अन्य जिल्लाको र ६ वटा मात्रै उदयपुरको रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
यस तथ्याङ्कले बढ्दो बाल विवाह देखिए पनि समाजमा भएको जनचेतनाले गर्दा पनि बढेको देखिएको हो । तर समाजमा पहिलाको अनुसार बाल विवाह न्युनिकरण भएको अभियानकर्ताहरु बताउँछन् ।

पारालिगल कमिटिको आयोजनामा वडाको सहयोग र जिल्ला प्रहरी महिला सेल, पेशोक नेपाल, महिला मानव अधिकार रक्षक संजालको सहकार्यमा बाल विवाह न्यनिकरण गर्न एक दिने अन्तरक्रिया कार्यक्रम अभियानकै रुपमा त्रियुगा नगरपालिका वडा नं २ को जनक माध्यमिक विद्यालय खैजनपुरबाट सुरु गरेको छ ।

पहिलाको अनुसार अहिले बाल विवाह न्युनिकरण भएको र प्रहरीमा आउने हराएको निवेदन शिक्षको प्रभावले भएको पारालिगल कमिटिको अध्यक्ष माया भण्डारीले बताईन् । यस वडागत बाल विवाह न्युनिकरण अन्तरक्रिया कार्यक्रम अभियान नपाका सवै वडा देखि जिल्ला भरि नै गर्ने भण्डारीले बताईन् ।

बढि भागेर बाल विवाह गर्ने कक्षा ८,९ र १० मा अध्ययनरत किशोरा अवस्थाका बालबालिकाहरु पर्ने भएकाले टोल सुधार समिति तथा अभिभावक सहित विद्यार्थीहरुलाई अभियानमा पहिलो प्राथमिकतामा राखि कार्यक्रम संचालन गर्दै आएको भण्डारीले बताईन् ।