Friday, February 7News That Matters

उदयपुरमा मलेरिया (औँलो) रोग शून्यको हाराहारीमा

 

बिक्रम राई

उदयपुर, बैशाखर / १३

उदयपुर जिल्ला मलेरिया रोग ( औँलोको ) अति कम जोखिम क्षेत्र भएको स्वास्थ्य निर्देशनालय उदयपुरले बताएको छ ।

निर्देशनालयका अनुसार तीन बर्षको सर्वेक्षणमा एक जनालाई मात्र पक्ता लागेको औँलो  रोग त्यो पनि बाहिर बाट आएको व्यक्तिमा फेला परेको जनाएको छ ।

 

१३ औँ विश्व औँलो दिवसको अवसर पारेर स्वास्थ्य निर्देशनालय उदयपुरले आयोजना गरिएको सो कार्यक्रमा उदयपुर लोरिस जिल्लामा परेको तथ्याङकले देखाएको हो ।

उदयपुर औँलाको अति कम क्षेत्र भएपनि रोग लाग्ने भेक्टोरीयाहरु भने फेला परेकाले सजक रहन निर्देशानलयले आग्रह गरेको छ । उदयपुरमा पनि तीन किसिमको भेक्टोरीयाहरु फेला परेको भन्दै यस बाट बच्न सचेत रहनु पर्ने बताए ।

खास गरी जिल्लाको बढी गर्मि हुने तल्लो भेग तराई क्षेहरु मैनामैनी, बेल्टार, कटारी लगाएतका ठाउँहरुमा यसको लक्षणहरु भेटिएको कारण सजग रहन आग्रह गरेको छ ।

घाउँघर वरी परिको स्वच्छ सफा वातावरण, नाली खाल्डो पुर्ने, औषधीहरु छर्ने, साँझ पख हिड्दा बस्दा फुल कपडा लगाउने र सुत्दा अनिवार्य झुलको प्रयोग गरे यसबाट बच्न सकिने कुरालाई सुझाएको छ । मलेरिया रोग भएको व्यक्तिलाई काम ज्वरो आउने, शरिर रातो हुने जस्ता लक्षणहरु तत्काल देखा पर्ने गरेको पनि कार्यक्रममा जानकारी गराएको छ ।

नेपालमा पनि मलेरियाले ठुलै रुप लिएको अवस्थामा तीन बर्ष यताको तथ्याङक अनुसार उदयपुर भने सुन्यकै हाराहरीमा रहेको भन्दै यसलाई कायमै राख्न सबैले पहल गर्नु पर्ने निर्देशानलयको अनुरोध छ ।

सो उदेश्य अनुरुप लागि परेको स्वास्थ्य निर्देशनालयले अवस्था शून्य बनाउन सम्पूर्ण जिल्ला बासी राजनितिक दल, समाजसेवी, बिद्यार्थी, संञ्चारकर्मी सबैको महत्पूर्ण भुमिका रहेने स्वास्थ्य निर्देशनालय उदयपुरको प्रमुख रमेश खकुरलले जानकारी दिए ।

आफैबाट शुरु गरौँ, औलोलाई शून्यमा पुर्याऔँ भन्दै सन २०२५ सम्म देशलाई औँलो रोग मुक्त बनाउने स्वास्थ्य निर्देशनलयको उदेश्य रहेको छ ।

१ नम्वर प्रदेशमा ०७४।०७५ मा २४ जना व्यक्तिहरुमा औँलो रोग फेला परेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसमा उदयपुर जिल्ला शून्य अवस्थामा परेको छ । ७ वटा प्रदेशमा जम्मा ११ सय ८७ जनालाई औँलो रोग फेला परेको मध्ये सबै भन्दा कम औँलो रोग संख्या पनि १ नं प्रदेश नै रहेको छ ।

४ लाख ५० हजार मानिस विश्वभर औँलोको सिकार बन्ने गरेका पनि तथ्याङले देखाएको छ । यसमा पनि अविकसित देशहरुमा यसको समस्या रहेको जानकारी छ । बिषेश गरी अफ्रिकी देशहरुमा यसको जटिल समस्या रहने गरेको तथ्याङकमाउल्लेख छ ।