विक्रम राई/ गाईघाट, जेठ २३ गते
-निरत्तर रुपमा प्रहरीले लागुऔषधको निगरानी गरिरहे पनि उदयपुरमा यसको मात्रा भयानक अवस्थामै रहेको एसपी नवराज भट्टले बताएका छन् ।
आफु जिल्लामा आएदेखि नै समस्याको रुपमा देखेको लागुऔषाध दुव्र्यसनीलाई प्राथमिकतामा निगरानी राखेको एसपी भट्टले बताए । तरपनि यसको अवस्था भयानक रुपमा नै रहेको उनले बताए ।
बुधबार पत्रकार सम्मेलन गर्दै अघिल्लो दिन लालपत्ता प्रहरी चौकीले ठूलो मात्रामा बरामद गरेको लागुऔषाध सार्बजनिक गरिएको थियो । प्रहरीले चुरे जंगलमा हिडिरहेको अवस्थाका १४ बर्षिय पुष्प पारस राईलाई संकास्पद अवस्थामा देखेपछि खानतलासी गर्दा फेनरागन –५ डाईजेलाव –५ लपुजेसिक – ५ र १ थान सिरिन्ज फेला परेको जनाइएको छ । त्यसैगरी प्रहरीलाई देखेर झोला छाडेर दुईजना व्यक्ति फरार रहेको र झोलाबाट प्रहरीले १९६ डाईजेलाब, १९६ फेनरागन, १९६ लुपिजेसिक र २३ थान सिरिन्ज फेला पारेको जनाएको छ ।
संलग्न व्यक्तिहरु त्रियुगा नगरपालिका १२ को मिलन राई र १६ का निर्जन खड्का रहेको प्रहरीले जनाएको छ । उनीहरुको व्यापक खोजी पछि प्रहरीले बुधवार बिहान मिलन राईलाई पक्राउ गरेको छ भने निर्जन फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ । यसमा सलग्नता अरुलाई पनि पत्ता लगाएर पक्राउ गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।
अन्य स्थानहरु बाट पनि प्रहरीले बिषेश रुपमा अप्रेशन चाली प्रयोगकर्ताहरुलाई समाएको जनाएको छ । ०७४ श्रावनदेखी ०५७ जेष्ठ २२ सम्ममा १५३ जनालाई प्रहरीले पक्राउ गरेको र ८८ जनालाई मुद्दा चलाईएको छ । १९ जना पुर्पक्षमा रहेको छ र ११८ जना धरौटीमा छुटेका जनाइएको छ । २ जना फरार रहेको जनाइएको छ ।