उदयपुर, पुष ७ । लागुऔषध ओसार पसारमा संलग्न तीन जनालाई प्रहरीलेल पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ५ देउरीमा प्र २–०१–००४ प ०७८१ को मोटरसाईकलमा सवार त्रियुगा नगरपालिका ६ जलजले बस्नेत ३२ बर्षिय रजनिकान्त चौधरी र २३ बर्षिय भबिन्द्र मगरको साथबाट लागुऔषध बरामद गरेको हो ।
मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले उनीहरुलाई सोधपुछ गर्दा त्रियुगा नगरपालिका ६ जलजलेका ३१ बर्षिय ओम प्रकाश राईले समेत लागुऔषध ओसार पसार तथा बिक्रि वितरण गरेको खुले पछि उनलाई समेत प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले शंका लागि चेकजाँच गर्नै क्रममा उनीहरुको साथबाट डाइजेपाम २१ एम्पुल, फेनग्राम २१ एम्पुल र बुप्रिब्रोफिन २१ एम्पुल गरी ६३ एम्पुल लागुऔषध प्रहरीले बराम गरेको थियो ।
राई सुत्ने कोठा खनतालसी गर्दा राईको कोठाबाट डाइजेपाम १८ एम्पुल, फेनाग्रम १८ एम्पुल र बुप्रिपिन १८ सहित ५४ एम्पुल गरी ११७ एम्पुल लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएको छ ।
