
पूर्णपुष्टि, फागुन २८
लागुऔषाध ब्राउन सुगर सहित उदयपुरमा एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ मेनचोक बाट सोहि स्थानका ३२ बर्षिय प्रशान्त कार्कीलाई आगुऔषाध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । कार्कीलाई जिल्ला प्रहरी कार्यालय उयदपुरबाट खटेको टोलीले लागुऔषाध सहित बिहिबार पक्राउ गरेको हो । कार्कीको साथ बाट ५१० मिलि ग्राम ब्राउन सुगर र १४०३५ नगद पनि बरामद भएको छ । पक्राउ परेको कार्कीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको छ ।
