Monday, February 17News That Matters

उदयपुरमा लागुऔषध सहति २ जना पक्राउ

उदयपुर, चैत्र २३ गते ।

उदयपुरमा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ परेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटेका प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेका हुन् ।

सप्तरीको कदमाहाबाट गाईघाट तर्फ आउदै गरेको स ६ प ९३५५ नम्बरको मोटरसाईकलमा सवार त्रिनपा–१२ निबासी २३ वर्षीय विष्णु तामाङ्ग र १८ वर्षीय आषिश चौधरीको साथबाट नोर्फिन १५ थान, डाईजेल्याव १७ थान र फेनारगन एम्पुल १६ थान लागुऔषध फेला पारको प्रहरीले जनाएको छ ।
लागुऔषध ओसारपसारमा प्रयोग भएका मोटरसाईकल प्रहरी नियन्त्रणमा छ । भने पक्राउ परेकाहरुको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।