
उदयपुर, चैत्र १५ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–६ का लालपत्ता चौकीले लागुऔषध सहित एक युवा पक्राउ परेको छ ।
चौकीको चेक जाँचमा लागुऔषध सहित शुक्रबार त्रियुगा नगरपालिका–१० निबासी ३१ वर्षीय चन्द्रशेखर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले चेक जाँच गर्ने क्रममा राईको साथबाट डाईजेलाब एम्बुल ५ थान, फेनारगगरन एम्पुल ५ थान र नुफिन एम्पुल ५ थान गरि १५ थान एम्पुल बराम गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका राईलाई थप अनुसन्धान भईहरेको प्रहरीले जनाएको छ ।