
पूर्णपुष्टि, वैशाख २० ।
उदयपुरको भुल्केमा कोरोना संक्रमितको संख्या २८ जनामा थप अरु नबढेपछि त्रसित जनजीवन केही सामान्य बन्दै गएको छ । भुल्केमा २८ जना संक्रमित पुष्टि भएपछि त्रसित बनेको उदयपुरको जनजीवन आज दशौंदिनसम्ममा नथपिएपछि त्रसित जनजीवन सामान्य बन्दै गएको हो ।
भुल्केमा पहिलोपटक वैशाख ५ गते एकैसाथ १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलीपल्ट थप एकजनामा पुष्टि भएको थियो । त्यसपछि त्रसित बनेको जनजीवन वैशाख ९ गते थप त्रसित बनेका थिए । ९ गते थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलीपल्ट वैशाख १० गते थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २८ पुगेको थियो । यसले जनजीवन त्रसित बनेको थियो ।
२८ जना संक्रमित फेला पर्दासम्ममा भुल्केमा ३ सय ३७ जनाको स्वाव परिक्षण भएको थियो ।
त्यसपछि संक्रमितहरुको ट्रेसिङ एड्रेसको आधारमा अर्थात संक्रमितहरुको सम्पर्कको आधारमा वैशाख ११ गतेदेखि थप स्वाव नमुना संकलन गरी परिक्षण गरिराखिएको छ । भुल्के, भुल्के आसपास, गाइघाट, बोक्से, मोतिगडा, देउरी, जलजले, चौदण्डीगढी नगरपालिकाको सिवाई, सुन्दरपुर, कटारी नगरपालिकामासमेत स्वाव परिक्षण गरिएपनि संक्रमित नभेटिएको हो । वैशाख ११ यता हालसम्ममा संक्रमितसंगको सम्पर्क भएका र बढि शंका गरिएकाहरु दुईसय जना भन्दा बढिको स्वाव नमुना संकलन गरि परिक्षणका लागि पठाइएको छ । जसमध्ये करिब १ सय ७० जनाको रिपोर्ट नेगेटिभ आइसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । अन्य करिब ३० जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । यसरी पछिल्लो रिपोर्ट नेगेटिभ आइरदा सर्बसाधारणमा त्रास कमी हुदै गएको हो । पछिल्लो समय संक्रमित नभेटिएपछि त्रसित जनजीवन सामान्य बन्दै गएको देखिएको हो ।
अझ पनि परिक्षणको कार्य जारी रहेको र कोरोना संक्रमणको उच्च जोखिम कायमै रहेकोले प्रशासनले लकडाउन भने कडाइ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेतको सहयोगमा सुरक्षा व्यवस्था कडाइ पारिएको छ । सुरक्षाकर्मीले लकडाउन अवज्ञा नगर्न आग्रह गर्दै कारवाहीको चेतावनी दिएको छ । साथै प्रशासनले भिडभाड, कार्यक्रम, अत्यावश्यक बोहकका व्यवापार व्यवसाय निषेध जारी राखेको छ ।
प्रशासनले संक्रमित भेटिएको भुल्के क्षेत्रमा कडा निगरानी राख्नुका साथै परिक्षणलाई परिक्षण कार्य अगाडी बढाइरहदा दशौं दिनको अवस्थामा संक्रमित नथपिएको जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनुभयो । उदयपुरको त्रियुगा नगरपालिका वडा नंं ३ को भुल्के स्थित मस्जिद र मस्जिद रहेको बस्तिमा २८ जना संक्रमित पुष्टि भएको हो । संक्रमित भेटिएको बस्तीलाई प्रशासनले लक गरेको छ ।
