
पूर्णपुष्टि, असार २९
उदयपुरमा हिजो र आज गरी ५१ जना कोरोना संक्रमण पुष्टि भएको छ । महिला २३ र पुरुष २८ गरी बिभिन्न पालिकाहरुका ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयको अनुसार पछिल्लो २ दिनमा देखिएको संक्रमित त्रिनपामा १५, बेलकामा १०, चौदण्डीगढीमा १४, ताप्लीमा ११ र उदयपुरगढीमा १, रहेको छ ।
यो सँगै उदयपुरमा कोरोना संत्रमण हुनेको संख्या २६०३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या भने २६५ रहेको छ भने मृत्यु हुनेको कुल संख्या ५० जना रहेको छ । जिल्लामा पछिल्लो समय मृत्यु हुनेको संख्या बढेको छैन् । यता निको हुनेको संख्या भने २२८८ पुगेको छ ।
