
उदयपुर, असार १ गते ।
छैठौं रमपम उदयपुर गोल्डकपको दोस्रोदिनको खेलमा उदयपुर ११ ले झापा ११ लाई ० को विरुद्ध १ गोल गर्दै जित हात पारेको छ । ए लेबलको गोल्डकपमा उदयपुरले जितेको यो अहिलेसम्मकै एतिहासिक सफलता हो । उदयपुरमा भएको गोल्डकपको छैठौं संस्करणसम्म आउदा पहिलोचरणमा पराजित ब्यहोर्ने उदयपुरले यसपटक जीतेपछि नयाँ इतिहास रचेको हो । यसले उदयपुरे खेलाडीको मनोबल पनि उच्च बनेको छ ।
खेलको ३८ औं मिनेटमा उदयपुरका १५ नम्बरका खेलाडी दिपक गुप्ताले पहिलो गोल गरेका थिए । विपक्ष टिमबाट पहिले गोल खाएपछि आक्रमक बनेको झापालाई उदयपुरले रोक्न सकेपछि दिपकको गोल नै निर्णायक बन्नपुग्यो । अनगिन्ती अबसरहरु चुकाएको झापाले उदयपुरको कडा भिफेन्सबाट पराजित ब्यहोर्नु परेको थियो । दुई विदेशी खेलाडीसहितको झापालाई घरेलु टिमले पराजित गरेपछि उदयपुरको खेलको उच्च मूल्यांकन पनि भएको छ ।
खेलको म्यान अफ दि म्याच दिपक नै घोषित भए । उनलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले सात हजार नगदसहित मेडलले पुरस्कृत गर्नुभयो । भोलीको खेल मोरङ फुटबल एकेडेमी र नेपाल प्रहरी क्लवबीच हुनेछ । खेल र खेलाडीको उच्च मूल्यांकन गर्दै उदयपुर टिमका खेलाडीहरुलाई जनही पाँचहजारको दरले पुरस्कृत गर्ने चौधरीले घोषणा गर्नुभएको छ ।
टिम मेनेजर किरण कार्की र कोच दिपक थापाले खेलाडीको उच्च मनोबलका साथ खेलेकोले जीत हात पारेको बताए । डिफेन्सिफ खेल्ने र काउन्टरमा पाएको बललाई सदुपयोग गर्ने रणनीति रहेको र पछि त्यसलाई पनि परिवर्तन गरेपछि थप फाईदा पुगेको र जित प्राप्त भएको बताए ।
जिल्ला फुटबल संघ तथा मुख्य आयोजक समितिको आयोजना तथा उदयपुर सिमेन्ट उद्योगको मुख्य प्रायोजनमा गोल्डकप सन्चालन भईरहेको छ ।
उदयपुर ११ का खेलाडीहरु
१. रेन्बो चौधरी (गोलकिपर) जर्सी नं. २५
२. प्रमिन श्रेष्ठ (क्याप्टेन) जर्सी नंं.१९
३. लक्ष्मी प्रसाद पन्जियार, जर्सी नं. २१
४. रुपककुमार फुयल, जर्सी नंं ३
५. टीपसन राई, जर्सी नं. १२
६. प्रज्वल चौधरी, जर्सी नं. १४
७. सुदिप श्रेष्ठ, जर्सी नं. १६
८. दिपक मगर, जर्सी नं. ११
९. अर्जुन मगर, जर्सी नंं. १२
१०. समिराज राउत, जर्सी नं. १०
११. सुनिल खड्का, जर्सी नं. २३
१२. विशाल वि.क, जर्सी नं. १
१३. गोपाल लिम्बु, जर्सी नं. २०
१४. डेविट चौधरी, जर्सी नं. ८
१५. हेम राई, जर्सी नं. ९
१६. विवेक चौधरी, जर्सी नं. १६
१७. दिपक गुप्ता, जर्सी नंं १५
१८. नवल घिसिङ, जर्सी नं. १८
https://www.youtube.com/watch?v=LHhvXS9t6D8